के मतदाता वैकल्पिक राजनीति शक्तिको खोजीमा छन् !

✍️ डा. डीआर उपाध्याय खनाल
काठमाडौं,
भाद्र १ ।

मुलुक लामो समयदेखि प्रमुख राजनीतिक दल तथा तिनका नेताहरूको वरिपरि घुमिरहेको छ । आज देशमा जनताका अपेक्षा पूरा हुन सकेका छैनन् । जनता चरम निराशामा छन् । देशमा महङ्गीले आकाश छोएको छ । बिहान बेलुकाको छाक टार्नसमेत आम सर्बसाधरण नागरिकलाई हम्मे हम्मे परिरहेको छ । सरकारले जनसरोकारका बिषयमा खासै ध्यान दिएको देखिदैन । जनता उकुस मुकुसको अबस्थामा छन् । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति गम्भिर बन्न नखोज्दा समस्या निम्तिएको छ ।

पुराना दल र तिनका नेताहरूबाट जनताले राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन् । जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा छन् । यस्तो अबस्था किन आयो ? ठूला दलहरूले मुलुकको भबिश्य बनाउन सकेनन् । त्यस कारण जनतामा असन्तुष्टि बढदैगयो । नेताहरूले राजनीतिलाई कमाउ धन्दामा परिणत गरेका छन् । भ्रष्टाचार मुलुकभर फैलिएको छ । बिचौलियाको बिगबिगी बढेको छ । देशमा सुशासन कायम हुन सकेको छैन ।

नागरिक पुरै निराश छन् । राजनीति दुर्गन्धितको खेल भयो । दल तथा नेताहरूबाट जनताले बारम्बार धोका पाएका छन् । राज्यशक्तिको आडमा देशको स्रोत-साधन दोहन गरेका छन् । नागरिक माथि अपमान गरेका छन् । जति भने पनि नेताहरूको चेत खुलेन । उही पुरानो तरिकाले देश बनाउन सकिदैन । दलहरूले राम्रो काम गर्न नसकेकै कारण काठमाडौं, धरान तथा धनगढीमा स्वतन्त्र उम्मेदवारहरूले जितेका हुन । किनभने अबको राष्ट्र निर्माणमा इमान्दार नेतृत्व खोज्नु जरुरी भइसकेको छ । यस अर्थमा आगामी संसदीय चुनावमा ठूला दलहरूलाई जनताले पाखा लगाउने स्थिती नआउला भन्न सकिदैन । यति बेला जनता सचेत पनि छन् ।

सचेत जनतालाई दलहरूले भ्रममा पार्न अब सक्दैनन् । बृद्ध नेता र तिनका दलबाट वाक्क-दिक्क नागरिकले परिवर्तन खोजेका छन् । जनता नयाँ अनुहार वा दलका खोजीमा छन् । पछिल्लो समय भरोसा र आशाको केन्द्र बिन्दु बनेका रवी लामिछानेले ‘राष्ट्रय स्वतन्त्र पार्टी’ गठन गरेका छन् । उनको पार्टीले कति सिट जित्छ त्यो त अहिले यसै भन्न सकिने अबस्था छैन । उनको समर्थनमा जनलहर उर्लिएको देखिन्छ । उनको पछि उत्साहीत भीड छ ।

नागरिक समाजको पूर्ण समर्थन छ । विशेषगरी उनको नेृत्वप्रति युवा पिँढी बढी उत्साहित र आकर्षित पनि छन् । सुरुवाती राजनीतिको उनको यो सुखद पक्ष हो । उनी देशब्यापी रुपमा दौडिएका छन् । उनी जहाँ पुग्छन त्यही भिड जम्मा गर्छन । उनको पछि लागेको भिडले के साँच्चै अबस्था परिवर्तन खोजेकै हो त ? आज आम निराश नागरिक रवीको पछि लागेको छ किन होला ? निराश नागरिकले आशाको ज्योति खोजेको हुन्छ । सरकारले जनताको पक्षमा खासै राम्रो काम गर्न नसकेकै हो । सरकारले राम्रो काम गरेर देखाउन सकेको भए यति ठूलो भिड रवी लामिछानेको पक्षमा लाग्ने थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी’ मा राम्रा राम्रा मान्छे लागेको जस्तो देखिन्छ । यो पार्टीमा युवा बर्गको बाहुल्यता छ । युवाले परिवर्तन खोजेका छन् । लामो समयसम्म ठूला राजनीतिक दलहरूबाट वाक्क दिक्क भएका युवाहरू सक्रिय राजनीतिमा आउन थालेका छन् । यसले के देखाउछ भने साच्चिकै मतदाता वैकल्पिक राजनीति शक्तिको खोजीमा छन् ?

यसमा तपाइको मत

अन्य समाचार