अमेरिकामा रहेका चलचित्रकर्मीहरूको वृहत भेटघाट

केन्टकी,
साउन २० ।

अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरू बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकास र बिस्तारमा कसरी सहयोग पुर्‍याउने भन्ने बारे छलफल गरिएको छ । अमेरिकाको विभिन्न राज्यहरूमा छरिएर रहेका नेपाली चलचित्रकर्मीहरूको भेटघाट कार्यक्रम पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको हो ।

सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९-३० मा सम्पन्न भएको हो । सो भेटघाटमा आफूहरूले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी गराउनुभयो । कार्यक्रम ऐतिहासिक भएको र अमेरिकामा पहिलो पटक यसरी चलचित्र कर्मीहरूलाई एकै थलोमा जम्मा गराउन सकिएकोमा सबैले हर्ष व्यक्त गरेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दा गर्दै धेरै जनाको सहभागिता हुन् बिभिन्न परिस्थितिले सम्भव नभएको पनि उनले बताउनुभयो । कार्यक्रममा चलचित्रकर्मीहरूका परिवारहरू सहितको उपस्थिति थियो । अमेरिकामा रहेता पनि लामो समयदेखि भौतिक रुपमा भेटघाट हुन् नसकेको अवस्थालाई मध्यनजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाईएको उहाँले सुनाउनुभयो ।

निर्देशक दाहालका अनुसार यस भेटघाट पछि अर्को बर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने छ । सो भेटघाटमा करिव ६० जना चलचित्रकर्मीको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा, दिनेश कार्की, कृष्ण चापागाईं, गोपालचन्द्र लामिछाने, अनिल संगौला, सुमन दाहाल, शिवहरि पौडेल, मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति थियो ।

त्यसैगरी अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति थियो । अभिनेत्रिहरूमा अरूणा कार्की, सम्झना खडका अनुशुया श्रेष्ठ वन्तको उपस्थित थियो ।

भेटघाट कार्यक्रममा कलाकारहरूमा गोपाल अधिकारी (ट्वाकेन्द्र), निर्मातामा ध्रुव वन्त, पत्रकारमा सन्तोष रिमाल, सङ्गीतकारमा श्याम नेपालीको सहभागिता थियो । यसैगरी गायिका पविता परियार, गायक तिलक श्रेष्ठ, कलाकार रंजन बुढाथोकी, गीतकार अग्नि शर्मा, नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाईं भेटघाटमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको खानपिनको व्यवस्था बबी संग्रौला (पत्नी अनिल संग्रौला)ले गर्नुभएको थियो भने सहयोगीको भूमिका दिपकमणि शर्माले गर्नुभएको थियो । निर्देशक अनिल संग्रौलाले कार्यकममा उपस्थिति जनाउनु हुने सबैमा आभार व्यक्त गर्नुभयो ।

अर्को वर्ष अझ धेरै चलचित्रकर्मी जम्मा भएर चलचित्र उधोगलाई धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिवद्धता सहित सो भेला सम्पन्न भएको पनि दाहालले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार