काठमाडौं,
साउन १७ ।
निशान भट्टराई र रानु निरौलाको स्वरमा रहेको गीत ‘बर्खे झरी…’ सार्वजनिक भएको छ । किरण भण्डारीको शव्द, सङ्गीत तथा सङ्गीत संयोजन, अनिल नकर्मीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ ।
बसन्त कुँवरको छायाँकन, बलभद्र कुवँरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप रहेको गीतको भिडियो सदिक्षा फिल्म्स अफिसियलमार्फत सार्वजनिक गरिएको हो ।






