अमेरिकाबाट मञ्जुको स्वरमा ‘रातो सारी लाउने हो…’ (भिडियोसहित)

काठमाडौं,
साउन ११ ।

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीजलाई लक्ष्य गरेर देश विदेशबाट गीतहरू सार्वजनिक भइरहेका छन् । यसै क्रममा अमेरिकामा बस्दै आउनुभएकी गायिका मञ्जु रसाईलीले पनि अमेरिकाबाटै आफ्नो स्वरमा ‘रातो सारी लाउने हो…’ सार्वजनिक गर्नुभएको छ ।

गीतमा मञ्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिनुभएको छ। समुन कार्कीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत छ । गीतको भिडियो सम्राट क्रियसनमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आउनुभका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा यो गीतको भिडियो तयार पार्नुभएको हो । त्यही बस्दै आएका दुइ दर्जन नेपाली महिलाहरूले यो गीतको भिडियोमा नृत्य गरेका छन् । जसमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटासहित विभिन्न महिला कलाकारहरूको नृत्य छ ।

सुरेश राउतको सम्पादन रहेको गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी छ । शान दियाली र रञ्जिता रसाईलीले भिडियो निर्माण गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार