नेकका विधार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

भक्तपुर,
साउन १० ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरका विद्यार्थी स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण गर्न सफल भएका छन् । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा जारी अभिभावक दिवसको उपलक्ष्यमा उनीहरूले आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माण तथा जडान गरेका हुन् । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएर सजिलै काम गरेका छन् ।

कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, बिबेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आबद्ध विधार्थीहरू सेबन्त के.सी. र विजय श्रेष्ठको समूहले यो सफलता हासिल गरेको हो ।

विधार्थीका अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्नेछन् । साथै एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन् । रिमोटको विभिन्न तीनवटा बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने विधार्थीले जनाए ।

४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा प्रोजेक्टरलाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म संचालन गर्न सकिने विद्यार्थीले जनाए । विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेका कलेजका विधार्थीहरु अब पूर्ण सिस्टम बनाउन पनि आफु सक्षम रहेको कामले प्रमाणित गरिदिएका छन् । कुनै पनि संघसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने विधार्थीहरूले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार