‘डेसान’को फस्र्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनीक

काठमाडौं,
असार ९ ।

चलचित्र ‘डेसान’को सोमबार फस्र्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिएको छ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘डेसान’ले सोमबार फस्र्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनीक गरेको हो । महामारीको बिषयमा निर्माण गरिएको चलचित्र २३ मंसिरमा प्रदर्शन हुने भएको छ ।

सार्वजनीक पोष्टरका दुई डिजाइन मध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित चलचित्रमा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको चलचित्रको गीत राजु थापाले लेख्नुभएको हो भने हरि लम्सालको सङ्गीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रलाई एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

राज थापा काउचाको कथा रहेको चलचित्रको स्क्रिप्ट निर्देशक कमल स्वयम्ले लेख्नुभएको हो । कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्र नेपालभन्दा पहिला बिभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ ।

यसमा तपाइको मत

अन्य समाचार