काठमाडौं,
साउन ९ ।
आराध्यनाथको प्याकुरेलको स्वरमा रहेको गीत ‘घरमा पनि एक्लै…’ सार्वजनिक भएको छ । वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीतमा प्याकुरेलले पहिलोपटक आफ्नो गायन सार्वजनिक गर्नुभएको हो ।
नेपाली सुगम सङ्गीतका मानक गीतकार कालीप्रसाद रिजालले आराध्यको स्वर सुनेपछि उहाँको स्वरमा गायनमा अगाडि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर यो गीत गाउने स्वीकृति दिनुभएको हो ।
समकालीन पुस्ताका लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले पनि आराध्याको स्वर सुनेपछि केही नेपाल आधुनिक सुगम सङ्गीतमा सुमधुर स्वरको आगम भएको महसुस गर्दै यो गीतमा सङ्गीत भर्नुभएको हो ।
अडियोमा राजु कार्कीको अरेन्ज, अजय सिंह कार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको गीतमा भिडियोलाई अजय रेग्मीले छायाँकन गर्नुभएको छ भने अधिनायकमान शेरचनले सम्पादन गर्नुभएको छ । गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत स्टुडियो भिडियोसहितको गीत सार्वजनिक गरिएको छ ।






