काठमाडौं,
साउन ६ ।
देशभर पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो ।
दुई हजार १६८ जनाको पिसीआर र एक हजार ६७० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित रहेका छन् ।






