काठमाडौं,
साउन ३ ।
चलचित्र ‘आँधि तुफान २’को गीत ‘कसम तिमीलाई म छोड्दिन…’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन लिम्बु र बिनुसा राईको स्वर, विक्रम थापाको सङ्गीत र दीपेन्द्र खड्काको शब्द छ । कमल राईको कोरियोग्राफी रहेको गीतमा कलाकारद्वय सञ्जय खतिवडा र अनमिका कार्कीलाई फिचरिङ गरिएको छ ।
यही साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले नारी शक्तिको कथा भन्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभएको छ । २०६४ भाद्र २७ गते प्रदर्शन भएको चलचित्र ‘आँधि तुफान’को सिक्वेल ‘आँधि तुफान २’लाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो ।
चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।
चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको सङ्गीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप र सम्राट थापाको पाश्र्व सङ्गीत छ । आरआर फिल्मस्ले ‘आँधि तुफान २’ वितरणको जिम्मेवारी सम्हालेको छ ।






