निसान र शोभाको स्वरमा ‘ताज महल’ (भिडियोसहित)

काठमाडौं,
साउन १ ।

निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको गीत ‘ताज महल’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द, एनबी जनकपुरीले सङ्गीत र विष्णु अधिकारीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र सिम्रिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । मदनकृष्ण महर्जनको छायाँकन रहेको भिडियमा बन्दे प्रसादको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार