काठमाडौं,
असार २७ ।
चलचिक ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार…’ सार्वजनिक गरिएको छ । बिएस बलामी निर्देशित चलचित्र ‘प्रपञ्च’को गीत सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सर्काजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई प्रस्तुत गरिएको छ । चलचित्रको गीत डीएआर मुभिजबाट सार्वजनिक गरिएको हो ।
सन्तोष प्रगाढको सङ्गीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई बद्री साह, अनिल गुप्ता र रविराज आचार्यले निर्माण गर्नुभएको हो । सिनेमाको कार्यकारी निर्मातामा शिवानी बलामी रहनुभएको छ ।
चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिमखडा, सिजन तिवारी लगायतका कलाकारको पनि अभिनय छ । प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्वद्व निर्देशन, प्रविन ढकालककोे सम्पादन रहेको चलचित्रमा तर्कराज न्यौपाने मेख्य सहायक निर्देशक र सन्तोष पराजुली प्रोडक्सन म्यानेजर रहनुभएको छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।






