काठमाडौं,
असार २७ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको जनाएको ।
दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आंकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।






