काठमाडौं,
असार २५ ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा तराना महिला विकास समिति र तराना कला केन्द्रको सक्रियतामा शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानले ५३ औं शृङ्खला सम्पन्न गरेको छ ।
अभियानकी संयोजक गायिका एवं सामाजिक वसन्ती लामाको नेतृत्वमा ‘वातवरण स्वच्छ राख्ने हाम्रो अभियान, सुन्दर सफा हरित नगर हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ सञ्चालित उक्त अभियानमा शुभ बिहानी महिला समूह अध्यक्ष गंगा खतिवडा, अभियन्ताहरू शोभितमान गिरी, उर्मान तामाङ, तेण्डी शेर्पा, नवराज कार्की, सीता पौंडेल, यसैगरी मैयाकुमारी खतिवडा, माया तामाङ, रत्न श्रेष्ठ, संगीता नेपाल, सुमित्रा शिवाकोटी, अम्बिका नेपाल, राधिका दंगाल, रिना भण्डारी, लक्ष्मी थापामगर, चण्डिका अधिकारी, सानुमाया दंगाल, प्रमिला दंगाल, दीना सुवेदी, विना शिवाकोटी, भगवती नेपाल, कृष्णमाया चुँडाल, लक्ष्मी खतिवडा, सन्तोषी बानियाँ, विनिता श्रेष्ठ, एकता श्रेष्ठ, सुनिता श्रेष्ठ लगायतका अभियन्ताहरू, स्थानीय वासिन्दाहरूको उपस्थितिमा सरसफाइ अभियान सम्पन्न भएको थियो ।






