‘सिल्ली फो’को दोस्रो गीत ‘चार इन्चको स्यान्डिल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २५ ।

यही शुक्रबार अर्थात असार ३१ गतेबाट देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘सिल्ली फो’को दोस्रो गीत ‘चार इन्चको स्यान्डिल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारी, रविन्द्र झा, दिनेश रेग्मी लगायतका कालाकरलाई फिचर्ड गरिएको छ । चलचित्रका निर्देशक राजबहादुर सानेको शब्द रचना तथा पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको गीतमा दिपकक लिम्बु र प्रिति आलेको स्वर छ ।

ह्याप्पी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सहनिर्माताको रुपमा रहनुभएको छ । चलचित्रमा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बरबहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय छ ।

चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स छ भने साहिल खानले ट्रेलर काट्नुभएको हो । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको यो चलचित्रको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार