प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं,
असार २४ ।

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची छ ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार