थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुुष्टि

काठमाडौं,
असार २१ ।

देशभर पछिल्लो समय फेरि कोरोना संक्रमितको सङ्ख्या बढन थालेको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ११२ जनाको को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसीआर र एक हजार १६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४०१ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

अन्य समाचार