‘नेपहपको श्रीपेच’को उपाधि साइमनलाई

काठमाडौं,
असार १९ ।

नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जित्नुभएको छ । शनिवार काठमाडौं स्थित सोल्टी होटेलको प्रीभेमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उहाँले उपाधि चुम्नुभएको हो ।

उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई अन्तिम प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

उपाधि बिजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जित्नुभएको छ ।

यस्तै दोस्रो हुनुभएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाउनुभएको छ भने तेस्रो हुनुभएका बाबु बिलिभरले एक लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जित्नुभएको छ ।

आठ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५०० जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा एक-एक जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

शो को निर्णायकमा गिरिस खतिवडा, मानस घले र बालेन साह हुनुहुन्थ्यो । साथै ‘नेपहपको श्रीपेच’को सफलतासँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार