एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज बस्दै

काठमाडौं,
असार १३ । 
नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज (सोमबार) बस्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताइएको छ ।

पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी रहेको छ।कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवाद र अवसरवादकाविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाका विषयमा प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ । मंगलबारसम्म चल्ने परिषद बैठकमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार