‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अबस्था’ विषयक अन्तक्रिया सम्पन्न

काठमाडौं,
असार १२ ।

‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अबस्था’ विषयक अन्तक्रिया सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा आइतबार संघीय राजधानी काठमाडौंमा सो अन्तक्रिया सम्पन्न भएको हो ।

संघका अध्यक्ष रबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिकाश बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयाशरत रहेको बताउदै छिट्टै प्रभाबकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार गर्नुभएको अबधारणा पत्र मोहन निरौलाले बाचन गर्नुभएको थियो । अबधारणा पत्रमा अधिबक्ता कृष्ण ढुंगाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गर्नुभएको थियो ।

चलचित्र बिकाश बोर्डका पुर्ब अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अबधारणा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

अभिनेता गोपाल ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिब जनकदीप पराजुली, चलचित्र संघका पुर्ब अध्यक्ष प्रदिपराज उदय लगायतका बक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रबद्र्धनका लागि आबाज उठाउदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनु पर्ने नभए निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

बक्ताहरूले बिदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई बिशेष प्रथमिकता दिनुपर्ने मा जोड दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार