काठमाडौं,
असार १२ ।
रोशन गुरुङ स्वरमा रहेको गीत ‘सही हो नी कान्छी…’ सार्वजनिक भएको छ । कुमार गुरुङको शब्द, ईन्द्र गुरुङको सङ््गीत, चन्द्र गोर्खालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बाबु जिम्बाको निर्देशन रहेको गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीलाई फिचरिङ गरिएको छ ।
हरि गोले लामाको छायांकन रहेको भिडियो सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको छ । सेवा फिल्मस् प्रा.लि.को पोष्टपोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदानगर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङका यसअघि चारवटा शोलो एल्बम सार्वजनिक भएका छन् । उहाँका ‘पैसै ठूलो छ…’, ‘भिज्ला है आँशुले पछ्यौरी…’, ‘रेशमैको पछ्यौरी…’, ‘दोभानमा बाढी आयो…’, जस्ता दर्जनौ गीत लोकप्रिय रहेका छन् ।






