काठमाडौं,
असार ११ ।
रन्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’ लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा शनिबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यास ‘आर्तनाद’को लोकार्पण गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले सो कृतिको लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित कृति ‘आर्तनाद’बारे उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती र समालोचक लीला लुइटेलले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू बाबुराम पौडेल, डा. दामोदर पुडासैनी, ललीता दोषी, उपन्यासकार रन्जना पराजुली लम्साल, प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अध्यक्ष राधेश्याम लेकालीलगायतले आ¥आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार राजबाबु श्रेष्ठले गर्नुभएको थियो ।






