‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार १० ।

चलचित्र ‘कृष्ण लीला’मा समावेस रहेको गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतको बाबुल गिरीको संगीत र डा. डी.आर. उपाध्यायको शब्द छ । गीतको भिडियोमा माइकल चन्दको कोरिग्राफी, उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन छ ।

गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकाले उत्कृष्ट रहेको बताउनुभयो । भिडियोको सुटिङ पाँच हजार दुई सय मिटिरको उचाइमा भएको बताउनुभयो । त्यस्तै, मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउनेमा आशावादी रहेको बताउनुभयो । गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाए पनि पछि चलचित्रमा हाल्ने कुराले उत्साहित बनाएको बताउनुभयो ।

प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलर सार्वजनिक हुने तयारीमा छ । निर्देशक दीपक ओलीले चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभयो । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ हुनुहुन्छ । यो चलचित्र भदौ ३ गते कृष्णजन्माष्टमी छेकोमा प्रदर्शन हुने तयारीमा छ । गीत मनाङका विभिन्न स्थानका साथै तिलिचो ताल आसपासमा छायाँकन गरिएको छ । तस्बिर : सुरेन्द्र थापा ।

यसमा तपाइको मत

अन्य समाचार