‘ब्याटल भुमी’को घोषणा

काठमाडौं,
असार ८ ।

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को टिमले अर्को नयाँ शोको घोषणा गरेको छ । बुधवार एक कार्यक्रमबीच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन (आज) बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट नेपाल र्‍याप डटकम मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्ने बताइएको छ । ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले, कवि जी रहनु भएको छ भने अर्का एक जजको घोषणा गरिनेछ । यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहनु भएको छ ।

साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहनुभएको छ । साउनबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख नगद रुपैयाँ पुरस्कार र वल्र्ड टुर गर्न पाउने बताइएको छ ।

‘नेपहप श्रीपेच’ हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक प¥यो भन्ने प्रश्नमा ‘र्‍याप गायक र ब्याटल गायकबीच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भुमी’ कार्यक्रम निर्माण गर्न लगेको निर्माताले बताउनुभयो । साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डि एन एक्स’को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन’को अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको थियो । तस्बिर : सुरेन्द्र थापा ।

यसमा तपाइको मत

अन्य समाचार