‘सिल्ली फो’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं,
असार ७ ।

यही असार ३१ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘सिल्ली फो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे चलचित्रमा अभिनेत्री केकीअधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भुमिका निवार्ह गर्नुभएको छ । बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ ।

https://youtu.be/XR9fJtKmn9YS

राजबहादुर साने निर्देशित यो चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने छनकक ट्रेलरमा देख्न सकिन्छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफूले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेको दाबी छ । ह्याप्पी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सहनिर्माता हुनुहुन्छ ।

चलचित्रमा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बरबहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय छ ।

चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर छ । वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको चलचित्रको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार