‘पाउनुमात्रै होइन माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ७ ।
‘पाउनुमात्रै होइन माया’ बोलको गीत सार्वजनिक गरिएको छ । जुन गीतको भिडियोमा मोडल साक्षी लम्सालको मायामा दिक्पाल कार्की र एसराज गरच परेको देखाइएको छ । भिडियोको निर्देशन सुव्रतराज आचार्यले गर्नुभएको हो ।

उक्त गीत गीतकार स्वार्थी ध्रुवको हो । गीतमा उहाँकै स्वर र सङ्गीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ । त्रिकोणात्मक प्रेमकथामा आधारित गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ । गीतको भिडियो स्वार्थी ध्रुव अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसक्नुभएको छ । उहाँ पेशाले अधिवक्ता हुनुहुन्छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको थियो । जुन कार्यक्रममा गायक ध्रुवले गीतसङ्गीतलाई आफूले छाड्न नसकेको बताउनुभयो । उहाँले सबैको मिहिनेतले गीत र भिडियो राम्रो बनेको जानकारी दिनुभयो ।

यस्तै भिडियोकी कलाकार साक्षीले आफूले गरेको गीतको सकारात्मक प्रतिक्रिया आउनेमा विश्वार रहेको बताउनुभयो । उहाँले यसअघि एसराजसँग पहिले नै दुईवटा भिडियोमा काम गरेको र दिक्पालसँग पहिलो भिडियो भएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार