‘ज्योतिषीले भनेको…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ७ ।

मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको गीत ‘ज्योतिषीले भनेको…’ सार्वजनिक भएको छ । प्रमोद भट्टराईको शब्द, कृति न्यौपानेको सङ्गीत र पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डान्सिङ नम्बरको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले ठूम्का लगाएका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियोलाई विनोद बमले निर्देशन गर्नुभएको छ । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदको नै छ ।
गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरूलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश प्रवाह गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार