भक्त प्रधानको ‘रुदा रुदै…’ स्वरमा (भिडियोसहित)

काठमाडौं,
असार ३ ।

भक्त प्रधानको स्वरमा रहेको गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।

महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।

एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए । नितेश राईको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् ।

दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार