युवापुस्ताको राजनीति लगावको पछिल्लो कडिमा रवी

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार ३ ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने सञ्चार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन् । उनको यो घोषणाले राजनीतिमा तरङ्ग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजनमार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको सञ्चार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन् । उनले राजनीति बाटो तय गर्दै छन् । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन् ।

अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलिका दिनमा हेर्दै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन् । उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी सञ्चार क्षेत्रमा जस्तै राजनीतिमा सफल होलान त ? किन उनी एका एक राजनीति मैदानमा हाम फल्दै छन ? उनले कोरेको राजनीति बाटो के होला ? जनताले उनलाई साथ दिन्छन की दिदैन त्यो भने हेर्न बाँकी नै छ । रबि लामिछानेले आफैँ नै राजनीतिमा आउने बताए पछि यति बेला राजनीति क्षेत्रमा सरगर्मी बढेको छ ।

उनले आगामी संघीय चुनावमा काठमाडौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने कुरा पनि चर्चामा नै छ । काठमाडौंका जनताले लामिछानेलाई साथ दिन्छन की दिदैनन भन्ने कुरा त चुनावी परिणामले देखाउने नै छ । अहिले बोल्नुको कुनै अर्थ छैन । जे होस आँट उनले ठूलै गरेका हुन । उनी स्वतन्त्र उम्मेदवार हुने हुन की कुनै पार्टीमा प्रवेश गरेर चुनाव लडने हुन त्यो भने अझै स्पस्ट रुपमा खुलेको छैन । राजनीति भनेको फोहोरी खेल हो भन्दै टेलिभिजनमार्फत चिच्चाइरहने रवि आखिर राजनीतिमा नै सक्रिय हुन किन खोजे ? के साँच्चै राजनीति फोहोरी खेल हो ? त्यसो भए के रबि फोहोरी राजनीतिलाई सफा गर्न राजनीतिमा आउन थालेका हुन त ? यो कुरा उनैले जानुन् । राजनीतिमा युवा पुस्ताले बिस्तारै सक्रियता बढाउदै जादा रवि पनि सक्रिय बन्न खोजेका छन् । उनी आफैँ राजनीतिमा आउन खोजेका हुन की कतै बाट सञ्चालित हुन खोजेका छन् । बजारमा यो कुराको हल्ला हुन थालेको छ । आफनो बिवेकले राजनीतिमा आउन खोजेका हुन भने उनलाई बधाई छ । यदि कतै बाट सञ्चालित हुन खोजेका हुन भने बधाई दिन सकिदैन । सञ्चारकर्मी आफनो क्षेत्र त्यागेर राजनीतिमा आउनु यो कुनै नौलो कुरा होइन ।

रबिन्द्र मिश्र पनि सञ्चार क्षेत्र छाडेर सक्रिय राजनीतिमा आएकै हुन तर उनी सफल हुन भने सकेनन् । अब रवि लामिछाने राजनीतिमा सफल होलान की के होलान ? यो नै गम्भिर प्रश्न हो । उनलाई चिनाएको र लोकप्रिय बनाएको सञ्चार क्षेत्र हो । एका एक उनी सञ्चार क्षेत्र त्यागेर राजनीतिमा आउनुलाई सबैले चासोका साथ हेरेका छन् । पछिल्लो समय स्वतन्त्र उमेदवारले पाएको सफलता जनताले चाहेको परिवर्तनमा जोडिन आएका छन् रवी । युवापुस्ताको राजनीति लगावको पछिल्लो कडिमा जोडिन आएका रवीले आफ्ना आगामी दिन कसरी बढाउछन् सवैले चासोका साथ हेरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार