काठमाडौं,
असार २ ।
नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार हो । एमालेका सांसदहरू प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो ।
सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराउनुभयो । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिएका थिए ।






