प्रदेश र संघीय निर्वाचनको चर्चा सुरू

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार १ ।

यतिबेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरू हुन थालेको छ । राजनीतिक दलहरूका आ-आफना बैठक पनि चलिरहेका छन् । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ । त्यसैले राजनीतिक दलहरू चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे ।

स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरू एका एक झस्किरहेका छन् । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ ।

चुनाव खर्चिलो भयो । पैसा नहुने मान्छे चुनावमा उठन आँट नगर्ने अबस्था आयो । अबको राजनीति कसरी अघि बढछ चिन्ताको बिषय बनेको छ । चुनावी खर्च त धान्न नसकिने भयो । यसको अर्थ हो, दलका कार्यकर्ता खर्चिला भए । स्वतन्त्र उम्मेदवारहरूले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने सङ्केत देखिएको छ । लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार बन्न पाइन्छ । तर, जनताको मन जित्ने कुरा महत्वपूर्ण हो । जनताको मन जिते जित्न सकिन्छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले यो कुरा प्रमाणित गरिसकेको छ । जनताले हाम्रा मान्छे भन्दा राम्रा मान्छे छानेर देखाएका छन् । प्रदेश र प्रतिनिधिसभाका चुनावमा पनि जनताले हाम्रा भन्दा राम्रा मान्छे चुन्ने अनुमान गरिएको छ । सत्तारूढ दल अहिलेदेखि नै गठबन्धनको तयारीमा छन् । चुनावसम्म गठबन्धन टिक्न सक्छ की सक्दैन अहिले यसै भन्न सकिने अबस्था भने छैन । उनीहरूका लागि राजनीतिक दल र तिनका नेताहरूलाई देशमा देखिएका तमाम समस्याका बारेका कुनै चिन्ता र चासो छैन । तर, अहिलेदेखि नै मंसिरे चुनाव प्रमुख बनिसकेको छ ।

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी आगामी चुनावमा पनि एक्लै चुनाव लडने आँट गरिरहेका छैनन् । गठबन्धन नै कायम राख्न खोजिरहेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू गठबन्धनका लागि बढी नै सक्रिय देखिएका छन् । उनीहरू कांग्रेस सहितको गठबन्धन बनाएर एमालेलाई सकेसम्म कमजोर बनाउने योजनामा छन् । वाम आन्दोलनलाई समाप्त गर्ने खेलमा नेताहरू आफैँ लागेको देखिन्छ । नेताहरू वाम एकता गर्न किन सकिरहेका छैनन् ? माओवादी केन्द्र र एकीकृत समाजवादीले अब सोच्नुपर्छ ।

बाम विचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ? सत्ता स्वार्थसँग जोडिएको यो गठबन्धनको खास उद्देश्य के हो ? नेकपा एमालेलाई कमजोर बनाउने खेलमा माधब, प्रचण्ड हात धोएर लागेको देखिन्छ । पार्टी फुटाएर सत्ताको कुर्सीमा पुग्ने कुरा ठूलो होइन । देश र जनताको भबिश्य हेर्ने ठूलो कुरा हो । सम्बन्धित सबैले समयमा बुझन् जरुरी छ ।

यसमा तपाइको मत

अन्य समाचार