इसाराको एकल कमेडी शो सम्पन्न, अमर बान्तुलाई बिशेष सम्मान

काठमाडौं,
जेठ २९ ।

हास्य कलाकार गणेश ईसाराको एकल कमेडी शो सम्पन्न भएको छ । वीरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्य कलाकार गणेश ईसाराको पहलमा आयोजना भएको ‘अल नेपाल एकल कमेडी सो’ शनिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा बिबिध कार्यक्रमसहित सम्पन्न भएको हो ।

शनिबारको कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई बिशेष सम्मान गरिएको थियो ।
आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनमा त्यस्तै बिभिन्न भइपरी आउने दुःखी, पिडितको समस्यालाई सहायता दिन सकु भन्ने उद्देश्यले स्मृतीकोषको निर्माण थालनी भएको कलाकार गणेश इसाराले बताउनुभयो ।

सफल महिला उद्यमी तथा समाजसेवी सुमित्रा वस्नेतको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रम एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको थियोे । कार्यक्रममा लोकप्रिय कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार