काठमाडौं,
जेठ २८ ।
तामाङ चलचित्र संघको १४ औं वार्षिकोत्सब राजधानीमा सम्पन्न भएको छ । पुर्व कानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतित्यथामा शनिबार चलचित्र विकास बोर्ड चाबहिल कार्यक्रम सम्पन्न भएको हो ।
तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ पदकद्वारा नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक फूलमान बल, तामाङ समुदायको पहिलो गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ संगीतकार चन्द्रकुमार दोङ, सञ्चारकर्मी जगत दोङ, लतख उगिकबाट प्रसारण भएको म्हेन्दो लाफोलेका प्रस्तोता सुनिल दोङ, पुर्ब अध्यक्ष जेनीश दोङ तामाङ चलचित्र अभिलेक पुस्तक प्रकाशक जयनकुमार मोक्तान, नायिका चादनी मोक्तान, पहिलो महिला निर्देशक सुकुमाया मोक्तान, नायिका लता योञ्जन, निर्देशक अमिर दोङ लगायतलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा रोशी गाउँपालीका कार्यलय र तामाङ चलचित्र संघको संयुक्त निर्माणमा बनेको ‘सामाजिक संजाल’ नामक बृत्त चित्रप्रदर्शन गरिएको थियो । जसको संयोजन बिनायक तामाङ, दिपक तामाङ लामाले गर्नुभएको थियो ।






