‘सम्झना-बिर्सना’ असार ३१ मा

काठमाडौं,
जेठ २२ ।

चलचित्र ‘सम्झना-बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गतेलाई दर्शकमाझ आउने मिति तय गरेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले चलचित्रको प्रदर्शन मिति तय भएको जनकारी दिनुभयो । कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गर्नुभएको हो । अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधान निर्माता रहेको चलचित्रमा पूजा, आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

दार्जिलिङ, सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उहालाई अभिनेता राणाले सघाउनुभएको छ ।

शिव ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.विशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार