काठमाडौं,
जेठ १९ ।
वीरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्य कलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरूमा कार्यक्रम सम्पन्न भइसकेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण रोकिएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार ईसाराले जानकारी गराउनुभयो ।
उहाँको यही जेठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौंमा एकल शो हुँदै छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने जनाइएको छ । २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्रामदेखि लिएर विभिन्न पिडितहरूलाई बचाउन र सहयोग गर्न सफल समाजसेवी कलाकार ईसाराको यो शोबाट सङ्कलित रकम दयनीय अवस्थामा रहेका पिडितहरूको सहयोगमा खर्चिने कलाकार इसाराले बताउनुभयो । कार्यक्रम एक्सन इन्टरटेनमेन्टद्वारा आयोजना हुन लागेको हो ।






