‘एक तोलाको वाला…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ १३ ।

भुवन थापा मगर र सीता पौडेलको स्वरमा रहेको गीत ‘एक तोलाको वाला…’ सार्वजनिक भएको छ । डीबी खनालको शब्द, शंकर स्माईलीको सङ्गीत र उदयराज पौडलेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशक तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुमन ज्योति न्यौपाने, बिना राउत, बिकास नेपालीलाई फिचरिङ गरिएको छ ।

भिडियो बसेल क्रियशन युट्युबमार्फत सार्वजनिक गरिएको हो । पाटन दरबार स्क्वायरको मनमोहक दृश्य कैद गरिएको भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन तथा कलरिङ छ ।

पाँच पाण्डवको प्रस्तुति तथा विशेष सहयोगमा निर्माण भएको भिडियोलाई मैतिदेवीस्थित डोरी रेष्टुरेण्टमा कलाकार तथा भिडियो निर्माण टिमको बीचमा सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार