सिनेमाघरमा ‘कबड्डी-४’

काठमाडौं,
जेठ १३ ।

चलचित्र ‘कबड्डी-४’ आजदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतको मुख्य अभिनय रहेको छ । यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

बिहीबार काठमाडौंमा चलचित्रको प्रिमियर पनि गरिएको थियो । प्रिमियरमा अधिकांश कलाकर्मी उपस्थिति थियो । चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । बिहीबारै चलचित्रका मुख्य कलाकार सौगात मल्लले मिडियासँग अन्तक्र्रिया गर्ने क्रममा आफू उत्साहित रहेको बताउनुभएको थियो । ‘रिलिजअघि नै दर्शकको माया देखेर उत्साहित छौं । टिममा कुरा पनि हुन्छ । खुशी लाग्छ ।’ सौगातले भन्नुभयो, ‘अब दर्शकको हातमा छाडेका छौं । माया गरिदिनुहुनेछ आशा छ ।’

यस्तै चलचित्र ‘कबड्डी’ देखि नै अभिनय गर्दै आउनुभएका अर्का मुख्य कलाकार विजय बरालले सुरुको सिरिजमा आफूले ‘स्पट ब्याय’सँगै कलाकार भएर काम गरेको र आज आउँदो दर्शकको माया धेरै पाएको भन्दै विगतका अनुभव सुनाउनुभयो । ‘दयाहाङ राई, सौगात मल्ल जस्ता अग्रज कलाकारसँग काम गर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो । सुरुवातदेखि नै दया दाइसँग काम गर्दै आएको छु । उहाँको अगाडि पर्दा डर लाग्थ्यो’, विजयले भन्नुभयो, ‘सबैले मिहिनेत गरेको भएरै आज कबड्डी सिरिज यो स्थानमा पुगेको हो ।’

यसमा तपाइको मत

अन्य समाचार