‘तिम्रै हुँ म…’ भन्दै राजेन्द्र (भिडियोसहित)

काठमाडौं,
जेठ १० ।

अष्ट्रेलीयामा बसोबास गर्दै आउनुभएका गीतकार तथा सङ्गीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म…’ स्रोता/दर्शकमाझ ल्याउनुभएको छ । राजेन्द्रकै शब्द सङ्गीत, मेचु धिमालको स्वर र पदम रजन मगरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । जीवन मुकारुङको निर्देशन रहेको गीतको भिडियोमा नायिका मोडल रेखा लिम्बु र भोइस अफ नेपाल सिजन-३ का फाईनालीस्ट जवाला राईको अभिनय छ ।

देब चामलिङको कोरियोग्राफि रहेको भिडियोमा मनोज राईको छायाँकन तथा सम्पादन र अस्मिता राईको शृङ्गार छ । गीतको भिडियो तेक्वान मोनारी इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो

यसमा तपाइको मत

अन्य समाचार