८० प्रतिशत मत परिणाम आइसक्यो : निर्वाचन आयोग

काठमाडौं,
जेठ ५ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको जनाएको छ । आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताउनुभयो ।

उहाँले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको जानकारी दिनुभयो । जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा पाँच हजार ६५९, महिला सदस्यमा पाँच हजार ६५३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् ।

यस्तै, दलित महिला सदस्यमा पाँच हजार ५५६ र वडा सदस्यमा एक हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार