काठमाडौं,
जेठ १ ।
प्राश्ना शाक्यको स्वरमा रहेको गीत ‘झरेको आँशु…’ सार्वजनिक भएको छ । पारसमणी वरालको शब्द, शक्ति वल्लभको सङ्गीत, मनोहर सुनमको सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रियाशा दाहल र रत्न डंगोललाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायाँकन रहेको भिडियोमा दिपेन बस्नयातको सम्पादन छ । गीतको भिडियो साईराम पिक्चर्स युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






