सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौं,
वैशाख ११ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १२औं वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिबार कार्यालय परिसरमा एक समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७८ बाट सम्मानित हुनुहुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारको नामावली सार्वजनिक गरिएको होे ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहनकृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखिया, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक अमर विरही गुरुङ, रङ्गमञ्च विधामा वरिष्ठ रंगकर्मी ऋद्धि चरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत संगीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहनप्रसाद जोशी गरी ६ जना स्रष्टा सर्जकलाई पुरस्कारका लागि मनोनयन गरिएको जानकारी गराइयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले आफूहरू सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अरू प्राज्ञ प्रतिष्ठानभन्दा पूर्वाधारको दृष्टिले कलिलो भए पनि यसलाई हर दृष्टिले सम्पन्न बनाउन लागिपरेको बताउनुभयो ।

 

यसमा तपाइको मत

अन्य समाचार