काठमाडौं,
चैत २६ ।
नेपाल इन्जिनियरिग कलेज (नेक) का शिक्षक विद्यार्थीले मिलेर एआईवेस डेलिभरी रोबोट बनाउन सफल भएका छन् । प्रोजेक्टलाई नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) द्वारा फण्डिग गरिएको जनाइएको छ ।
रोबोट बनाउन शिक्षकका तर्फवाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एण्ड इन्जिनियरिंगका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिगका उपप्राध्यापक अभिनाश खत्री केसी मुख्य टिम मेम्वरका रुपमा संग्लग्न रहेको जनाइएको छ । यस्तै बिद्यार्थीकातर्फवाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सब खड्का संग्लग्न रहेको जनाइएको छ ।
रोबोटलाई अटोमेटिक तथा म्यानल मोडमा काम गराउन सकिने जनाइएको टोलीमा संलग्न सहप्राध्यापक सचिन श्रेष्ठले बताउनुभयो । म्यानल मोडमा काम गराउनको लागि एउटा छुट्टै मोबाइल एप पनि बनाइएको उहाँले बताउनुभयो । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ । यसलाई आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर लान पनि सकिने जनाइएको छ ।
अटोमेटिक मोडमा भने यो आफै आफ्नो गन्तब्यमा पुग्छ । यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीचमा वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससंगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।
नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसंगै आबद्द डेस्कटप एपको मध्यमवाट नर्सले रोबोट पुग्नपर्ने ठाउँहरु इकित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरु निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँहरुमा पुग्नेछ र नयाँ गन्तब्य इंकित नगरेसम्म उक्त ठाउँहरुमा नै घुमिरहने छ । यसरी आफ्नो गन्तब्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने बस्तुहरु भेटेमा त्यसलाई छलेर जाने जनाइएको छ । साथै अगाडि कुनै मान्छेहरु भेटेमा रोबोटले बाटो छोड्नको लागि स्पीकरमार्फत अनुरोध पनि गर्छ । ‘रोबोट आफैँमा रहेको क्यामेरामार्फतयसले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्दछ र एआई टेकनोलोजी मार्फतवाट आफ्नो अगाडि मान्छे आएमा थाहा पाउछ’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भन्नुभयो ।
यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरूबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशिल श्रेष्ठलगायतकाहरूका पनि उलेख्य भूमिका रहेको जनाइएको छ । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्सहरु पनि सजिलै थप्न सकिने जनाइएको छ ।






