काठमाडौं,
चैत २६ ।
एलिना चौहानको स्वरमा रहेको गीत ‘रानी’ सार्वजनिक गरिएको छ । दाहाल सन्तोसको शब्द रचना, विकास चौधरीको सङ्गीत र संजय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा कृष्ण पौडेलको निर्देशन छ । सुजन श्रेष्ठले खिचेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । प्रविन थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोस फिचर्ड हुनुहुनछ । भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






