काठमाडौं,
चैत २४ ।
नेसनल इन्टरटेनमेन्ट अवार्डको दोस्रो संस्करण हुने भएको छ । मौलिक कला, संस्कृति, गीत-सङ्गीत, चलचित्र, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चर क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै आगामी जेष्ठ महिनामा अवार्ड गरिन लागेको आयोजकले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
२०२० जनवरीदेखि २०२१ डिसेम्बर सम्मका गीत–सङुगीतले अवार्डमा सहभागी हुन सक्ने र यसका लागि वैशाख २० गतेसम्म फारम भरिने आयोजक क्रियटिभ इन्साइट मिडियाका संस्थापक निर्देशक सूर्य चन्दले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा गायक, गायिका, सङ्गीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गीत (तीज, दशैँ तिहार, फागु) भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो मोडल, फिल्मका सम्पूर्ण विधा, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चरलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने उहाँले जानकारी गराउनुभएको छ । अवार्डमा विभिन्न विधामा सम्मानमसते गरिने पनि आयोजक संस्थाले उल्लेख गरेको छ ।






