‘षट्कोण’को टिजर सार्वजनिक

काठमाडौं,
चैत २४ ।

चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोला राज सापकोटाको मुख्य भूमिका रहेको यो चलचित्र साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको हो । सार्वजनिक टिजरले दर्शकमा कौतुहलता जगाउन सफल हुने देखिन्छ ।

सार्वजनिक टिजरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा देखिनुभएको छ । चलचित्रलाई मिलन डि काप्रिले निर्देशक गर्नुभएको हो । यो उहाँको डेव्यु निर्देशन रहेको चलचित्र हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र आगामी वैशाख २३ गतेबाट प्रदर्शन हुने बताइएको छ ।

कोरोना महामारी अगाडि नै निर्माण भएको चलचित्रको सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजका लागि तयार भएको निर्माण टिमको भनाइ छ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेख्नुभएको हो ।

चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको चलचित्रलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार