काठमाडौं,
चैत २३ ।
गायक सीताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।
सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताउनुभएको छ ।
२०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभउका पोखरेलका एक दर्जन जति एल्बमका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् ।
उहाँ आफ्ना गीत आफैँ मोडलिङमा पनि देखिनुहुन्छ भने ठूला तथा सानापर्दाका चलचित्रमा अभिनयसमेत गर्दै आउनुभएको छ ।






