कला क्षेत्रमा खाती

काठमाडौं,
चैत २१ ।

अभिनयमार्फत दर्शकको मन जित्न सफल भइरहनु भएको छ राजेन्द्र खातीले । निर्देशक ऋषि राजसँग ६ महिना अभिनयको कक्षा सिकेर यो कला क्षेत्रमा होमिनुभएका खाती अभिनय कक्षा साथसाथै आचार्यले निर्माण गरेको थुप्रै सिरियल र सर्ट मुभीमा अभिनय गर्ने अवसर पाउनुभयो ।

उहाँले अभिनय गरेका सिरियल र सर्ट मुभीमा ‘ब्रेक अप’, ‘म मेरी बहिनी र उ’, ‘सौता’लगायत छन् । उहाँले आचार्यले नै निर्माण गरेको चलचित्र ‘चुरीफुरी’मा पनि अभिनय गर्ने मौका पाउनुभयो । हाल उहाँ आचार्यले नै निर्माण गरेको ‘आँसु’ सिरियलमा काम गरिरहनु भएको छ ।

अभिनयमा रुचि खातीलाई सानैबाट थियो । तर, बाबु आमाका पाँच सन्तान मध्ये का कान्छो उहाँलाई कला क्षेत्रमा ल्याउन कोही चिनजानका व्यक्ति पनि थिएनन् । सामान्य परिवारका उहाँको यो सपना साकार गर्नुको अधिक श्रेय आचार्यलाई नै मान्ने गर्छन् । खाती आफ्नो आगामी यात्रा कलाकारितामा नै गर्ने तय गरी अघि बढिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार