काठमाडौं,
चैत २१ ।
‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसम मितल र स्नेहा ढकालले जित्नुभएको छ । स्नेहाले आठ प्रतियोगिलाई पछिपार्दै केटीतर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै केटातर्फको शीर्ष उपाधि चुम्नु भएको हो । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्नुभयो ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सनले आयोजित प्रतियोगितामा केटीतर्फ अनुषा कुवँर क्षेत्री फष्टरनरअप र अनु मानन्धर सेकेण्ड रनरअफ चुनिँदा केटातर्फ ओम जोशी फष्टरनर अप र समर पुरी सेकेण्ड रनरअप विजेता बन्नुभयो ।
साजसज्जासहित भव्य रूपमा निर्माण गरिएको रनवेसहित फेसनमय बातावरमा आयोजित प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापालगायत निणार्यक रहनुभएको थियो ।
अभिनेता, अभिनेत्री कृष्ण मल्ल, कृष्ण मल्ल विशेष अतिथि र पर्यटन बोर्डका नन्दिनी थापा विशेष अतिथिको रूपमा सहभागी प्रतियोगितामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुवईमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले जानकारी दिनुभयो ।
युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रूपमा अगाडि बढाउँदै उज्ज्वल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’मा म्यानेजिङ डाइरेक्टर डा.नवीन शाहले जानकारी दिनुभयो ।
प्रतियोगितामा फोटो जेनिक अनिल महत, जाग्रिती यादव, मोष्टपपुलर राजीव चौधरी, प्रिंकला खड्गी, वेष्टवाक सौर्य तिर्वा, अनुषा कुवँर क्षेत्री, मष्टफ्रेण्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, वेष्टहेयर प्रमिला विष्ट, मष्टइष्टाइलिस ओम जोशी र प्रमिला विष्ट, वेष्टफिजिक समर पुरी, प्रिंकला खड्गी, मष्ट्टयालेन्ट जिक्टेन शेर्पा, अनुषा कुवँर क्षेत्री वेष्टफर्सनालिटी रिसभ मितल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित हुनुभएको थियो । सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहनुभएको थियो ।






