राइड सेयरिङमा नयाँ आयाम थप्दै साहारा एप

काठमाडौं,
चैत १७ ।

राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैँले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरू बताउँछन् ।

विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरू बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरू ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरू पनि रहेका छन् ।

एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरू बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार