काठमाडौं,
चैत १३ ।
ध्रुब विश्को र सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘पियारा नफेर्नु त्यो मन’ सार्वजनिक भएको छ । ध्रुवकै शब्द, सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सविर श्रेष्ठले निर्देशन रहेको गीतको भिडियोमा नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको छ । बेरोजगारको समस्याको कारणले बाध्यताले प्रदेसिनुको पिडालाई गीतको भिडियोमार्फत देखाउन खोजिएको छ । भिडियोमा नायीका सुरबीना कार्की र रमेशचन्द शोडारीलाई फिचरिङ गरिएको छ ।
श्याम घामबोले निर्माता रहेको भिडियोमा ईश्वर सिन्केमनको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ । गीतको भिडियो दीया प्रोडक्सन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






