दर्शकको मन जित्दै ‘हेल्लो अमेरिका’

न्युयोर्क,
चैत १३ ।

जेपीजे इन्टरटेनमेन्ट अनलाईन टिभी च्यानमार्फत न्युयोर्कबाट आइरहेको ‘हेल्लो अमेरिका’ले दर्शकको साथ पाइरहेको छ । हालसम्म १५ भाग ‘हेल्लो अमेरिका’ र ११ वटा विशेष गरेर २६ भाग यस्तै ‘घुँयत्रो’ आठ भाग, ‘चनमती’ हाँस्य सिरियल २४ भाग, ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरू तथा केही चलचित्रसमेत यसबाट आइसकेका छन् । ज्साक्सन हाईट न्युयोर्कमा कार्यलय स्थापनागरी बिभिन्न कार्यक्रमहरू जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभी च्यानमार्फत प्रसारण गर्दै आईरहेको निर्देशक किशोर सुब्बाले जानकारी गराउनुभयो ।

निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सु हाङको प्रस्तुति, टोमा लामा सहनिर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याक ग्राउन्ड सम्राट थापा, गायन राजेसपायल राई र मेनुका पौडेल, सल्लाहकार रविन्द्र खड्का रहनु भएको यो कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको विविध गतिविधि प्रस्तुत गराउदै संसार भरका नेपालीहरू माझ एकआपसको सन्देश प्रवाह गर्ने गराउनेसमेत उद्देश्य रहेको छ ।

कार्यक्रमलाई अझ प्रभावकारी, स्तरिय र रोचक बनाउदै लैजान हर सम्भव प्रयास भइरहेको यो कार्यक्रम सयभाग पुगेपछि विशेष कार्यक्रम आयोजना गरिनेसमेत जानकारी गराइएको छ । विशेष अवसरमा विविध क्षेत्रका विशेष व्यक्तित्वहरू र सेलिव्रेटिहरू समेतको उपस्थितिमा भव्य कार्यक्रम गरिने निर्देशक सुब्बाले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार